
१९ चैत, धनगढी । कैलालीको धनगढीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्किरहेका चार जना विद्यार्थीमाथि कुटपिट भएको छ ।
धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयमा एसईई दिएर घर फर्किरहेका फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रिस मगर र सागर भण्डारीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिटबाट धनगढी उपमहानगरपालिका–१४ बस्ने चार जना विद्यार्थीमाथि कुटपिट भएको जानकारी पाएपछि प्रहरीले संलग्नलको खोजी थालेको जानकारी दिए । उनका अनुसार फूलबारीकै युवाको एक समूहले विद्यार्थीमाथि कुटपिट गरेको हो ।
कुटपिटबाट चारै जनाको टाउकोमा चोट लागेको छ भने उनीहरुको धनगढीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमाथि कुटपिट गरिनुको कारण भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4