२० चैत, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासलसँग २–० ले पराजित भएको छ ।
घरेलु मैदानमा न्युकासलले दोस्रो हाफमा दुई गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै अंक तालिकामा समेत पछि पारेको छ ।
न्युकासलका लागि जोसेफ विल्लकले ६५औं र कलुम विल्सनले ८८औं मिनेटमा गोल गरे । जितपछि न्युकासलले २७ खेलबाट युनाइटेड समान ५० अंक जोडेको छ । तर गोल अन्तरमा युनाइटेडलाई पछि पार्दै न्युकासल तेस्रो स्थानमा उक्लेको छ । युनाइटेड चौथो स्थानमा झरेको छ ।
यस जितपछि न्युकासलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई कायम राखेको छ ।
प्रतिक्रिया 4