+
+

नेटफ्लिक्स स्टार फ्रिडा गुस्ताभसन बिदा मनाउन नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १३:४१

काठमाडौं । चर्चित नेटफ्लिक्स सिरिज ‘भाइकिङ्स भल्हल्ला’ अभिनेत्री फ्रिडा गुस्ताभसन बिदा मनाउन यतिबेला नेपाल आएकी छन् । केही दिनदेखि उनी सगरमाथा क्षेत्रको पदयात्रामा निस्किएकी छन् । नाम्चे पुगेकी उनले त्यहाँका आकर्षक पोस्ट गर्दै घुमघाममा आनन्द मिलिरहेको उल्लेख गरेकी छन् ।

उक्त नेटफ्लिक्स सिरिजको शीर्ष पात्र फ्रेडिसको भूमिकामा फ्रिडालाई देख्न सकिन्छ । स्वीडिस सुपरमोडल समेत रहेकी अभिनेत्री मोडलिङका कारण संसारभर प्रख्यात छिन् । भिक्टोरियाज सेक्रेट फेसन शोसहित संसारका चर्चित र्‍याम्प नापेकी गुस्ताभसन आफ्ना केही सहयोगीसहित घुम्न निस्किएकी हुन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय सेलिब्रिटी बिदा मनाउन नेपाल आउने क्रम चलेको छ । गत महिना नेटफ्लिक्स, वार्नर ब्रोजसहित ठूला स्टुडियो र प्लेटफर्मको ४० जनाको टोली सिंगापुरबाट घुम्न नेपाल आएको थियो । सो टोलीले सगरमाथा क्षेत्रमा एक साता बिताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?