
२० चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।
उनले केही दिन भित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्नै गरी अगाडि बढ्न निर्देशन दिएका हुन् ।
अध्यक्ष हमालका अनुसार बजारको सुधारका लागि बोर्डले गरिरहेका कामबारे आफूहरुले मन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिए । सो क्रममा स्टार्टअप, साना तथा मझौला व्यवसायमा पूँजीबजारबाट पूँजीपरिचालन गरी कसरी आवद्ध गराउन सकिन्छ भन्नेबारे छलफल भएको उनले जानकारी दिए । बोर्डसँग थप छलफल गर्ने जानकारी समेत मन्त्रीले गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4