
२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् ।
सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्वमन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेको एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले जानकारी दिए ।
एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।
सांसद चौधरी दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4