
काठमाडौं । डाबर नेपालले प्रतिष्ठित पुरस्कार ‘नेशनल एचआर एक्सलेन्स अवार्ड–२०२३’ जितेको छ । ३१ मार्च २०२३ मा आयोजित कार्यक्रममा डाबर नेपालले उक्त अवार्ड पाएको कम्पनीले जनाएको छ ।
नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादन कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै उक्त पुरस्कार हात पार्न सफल भएको कम्पनीले बताएको छ ।
ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ्ग फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
अवार्ड हस्तान्तरण कार्यक्रममा डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेशनल एचआर एक्सलेन्स अवार्ड प्राप्त गर्नु डाबर नेपालकै लागि बहुमूल्य सम्पत्ति भएको कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4