
२० चैत, काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले पहल थालेका छन् । अर्थमन्त्री डा. महतले सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक आह्वान गरेका छन् ।
बैठकमा उप्रपधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी छन् । यो समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।
भन्सार राजस्वमा सीमा क्षेत्रमा हुने चुहावटले ठूलो असर गरिरहेको हुन्छ । अर्थमन्त्री महतको सचिवालयका अनुसार सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि रोक्ने विषयमा छलफल केन्द्रित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4