
२० चैत, तनहुँ । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका छन् ।
एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए ।
उनले त्यो उम्मेदवारी फिर्ता लिए पनि पौडेललाई सघाएनन् ।
यस्तै गण्डकी प्रदेशका पूर्व उर्जामन्त्री हरिशरण आचार्य पनि वाग्लेको पक्षमा खुलेका छन् । आचार्य छिमेकी जिल्ला गोरखाका हुन् ।
मनोनयन दर्ताअघि भएको कोणसभामा बास्तोला र आचार्य रास्वपाको पक्षमा खुलेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4