
२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा जाजरकोटको छोडागाड नगरपालिका–१२ का तत्कालिन वडा सचिव देवीलाल जैसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले आर्थिक् वर्ष २०७५/०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्क्ली लाभग्राही खडा गरेर २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।
अख्तियारले छेडागाड नगरपालिका–१२ कै वडा कार्यालयका प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4