
२० चैत, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ ।
सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।
जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन् ।
राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ । त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।
हेर्नुहोस् पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4