
२० चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शासकीय सुधारका लागि २८ विधेयक पहिचान गरेको जनाएको छ ।
सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै एकीकृत कार्ययोजना तय गरिएको र त्यसभित्र शासकीय सुधार, आर्थिक तथा पूर्वाधार, सामाजिक विकास लगायतका विषय रहेको जनाएको छ ।
शासकीय सुधारका क्षेत्रमा संसदको अधिवेशनमा प्राथमिकताका साथ पेश गरिने २८ विधेयक, प्राथमिकताका साथ तर्जुमा गरिने १० नियमावली र नीति लगायत संचनात्मक परिवर्तन र सुधारका लागि यातयात व्यवस्थापत प्राधिकरण लगायत बिभिन्न आयोग, कार्यदल र समितिहरुको गठन र प्रभावकारी जनसेवाका क्षेत्रहरुको पहिचान गरिएको र ती विषय एकीकृत कार्यायोजना भित्र रहेको उल्लेख गरिएको छ ।
तर, ती विधेयक, नियमावली र नीति के के हुन भन्ने सार्वजनिक गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4