
२० चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो भनी रोज्न आग्रह गरेको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सांसदहरुलाई स्वार्थ बाझिने संसदीय समिति नरोज्न भनिएको छ ।
‘विषयको रुची, योग्यता, सम्बन्धित विषयको ज्ञानका आधारमा समिति रोज्न भनिएको छ । साथसाथै स्वार्थ बाझिने समिति नरोज्न आग्रह गरिएको छ’, एमालेका प्रमुख सचेतक गिीले अनलाइनखबरसित भने ।
उनका अनुसार एमाले सांसदहरुले यही चैत २४ गतेसम्म आफू कुन समितिमा रहने हो त्यसबारेसंसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने छ । त्यसपछि संसदीय समितिमा रहने आफ्नो पार्टीका सांसदहरुको नामावली संघीय संसद सचिवालयलाई उपलब्ध गराउने एमालेको तयारी छ ।
आइतबार प्रतिनिधि सभा निमायली २०७९ पारित भएसँगै दलहरु संसदीय समिति गठनको गृहकार्यमा लागेका छन् । सोही क्रममा एमालेले आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो रोज्न आग्रह गरेको हो ।
प्रतिक्रिया 4