
२० चैत, बारा । सर्लाहीमा रुखले च्यापिएर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार राज्य सीतामढी जिल्ला सितामढी नगर परिषद–१८ बस्ने ५० वर्षीया तुरन्ती देवीको मृत्यु भएको हो ।
मलंगवा नगरपालिका– ६ खुटौना टोलस्थित सडक छेउको सपेताको रुख काट्ने क्रममा रुख बाटोमा ढल्दा पैदल यात्री तुरन्ती च्यापिएकी थिइन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4