+
+

घट्यो बोइलर कुखुराको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १८:१४

२० चैत, काठमाडौं । बोइलर कुखुराको मूल्य घटेको छ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको हो ।

संघका सचिव देव गिरीकाअनुसार अब मंगलबारदेखि जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । ‘२१ चैत, २०७९ मंगलबारदेखि जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ’ सचिव गिरीले भने । उनकाअनुसार अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।

हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए । स्वदेशमा धेरै उत्पादन भएको र खपत कम भएका कारण नभई भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?