२० चैत, काठमाडौं । ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले अनुबन्ध गरेका भुटानका कप्तान चेन्चो ग्याल्सेनलाई सार्वजनिक गरेको छ ।
मछिन्द्रले सोमबार गरेको कार्यक्रम क्लब र चेन्चोबीच अनुबन्ध सम्झौता पनि भएको छ । मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले अनुबन्धको सम्झौता पत्रमा हस्ताक्षर गरे ।
चेन्चोले नेपाली लिग खेल्न उत्साहित रहेको बताए । भुटानी रोनाल्डोको नामले चर्चित चेन्चो भुटानका सर्वाधिक गोलकर्ता समेत हुन् ।
जारी लिगमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेको मछिन्द्रले चेन्चोको आगमनपछि राम्रो प्रदर्शन गर्ने विश्वास राखेको जनाएको छ । मछिन्द्र ५ खेलबाट ५ अंकसहित ११ औं स्थानमा छ ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल खेल्न आएका चेन्चो मछिन्द्रमा आवद्ध हुने भएपछि यतै बसेका थिए ।
चेन्चोले केही समयअघि सम्पन्न भारतीय आई लिगमा राउण्ड ग्लास पञ्जावबाट खेल्दै उपाधि जितेका थिए ।
प्रतिक्रिया 4