
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्या ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्यास)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे ।
योसँगै सुलभ पेको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको कम्पनीको दावी छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीय स्तरको सुविधा प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित भएको बताए ।
प्रतिक्रिया 4