+
+

टीभीएसको नयाँ वर्ष लक्षित आकर्षक अफर सार्वजनिक 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १२:४७

काठमाडौं । नेपाली टु विलर मार्केटको टेक्नोलोजी चयाम्पियनस्का रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइल उत्पादनमा सधैं अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माझ निकै ठूलो प्रभाव पार्न सफल बनेको कम्पनीको दावी छ ।

स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्‍न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्‍न सफल टीभीएस,  बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड भएको कम्पनीले बताएको छ ।

नयाँ वर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रुपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा उपलब्ध गराइने छ ।

कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?