+
+

ओएसआर स्पोर्ट्‍सले एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रसारण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १३:०३

काठमाडौं । ओएसआर स्पोर्ट्‍सले एसीसी पुरूष प्रिमियर कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

५-१८ वैशाखसम्म काठमाडौंमा हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रसारण ओएसआर स्पोर्ट्स (ओएसआर स्पोर्ट) को युट्युब च्यानलमा हेर्न पाइने भएको हो ।

एशियन क्रिकेट काउन्सिलले ओआरसी स्पोर्ट्स एसीसी प्रिमियर कपको डिजिटल  स्ट्रीमिङ पार्टनर भएको जानकारी दिएको छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ । नेपालले लिग चरणमा ओमनसँगै मलेसिया, साउदी अरेबिया र कतारको सामना गर्नेछन् ।

प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । यो प्रतियोगिता जित्ने देश सिधै एशिया कपका लागि छनौट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?