
२१ चैत, जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।
पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।
एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।
मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।
एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।
मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4