+
+

‘नाइँ नभन्नु ल ६’को गीत ‘तलाउमा ढुंगा नहान’मा रोमान्टिक आशिर्वाद र आँचल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १७:०६

‘सिमसिमे पानी भिज्ला तिम्रो चोली सान्नानी
खोलीको बगर दिलमा बसी हल्ला नगर’

फिल्म ‘नाइँ नभन्नू ल ६’को नयाँ गीत ‘तलाउमा ढुंगा नहान’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध यो डान्सिङ ट्रयाकमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर समावेश छ । फिल्मका शीर्ष कलाकारहरु आँचल शर्मा र आशिर्वाद क्षेत्री गीतमा फिचर्ड छन् ।

नृत्यप्रधान यो गीत रोमान्टिक लाग्छ । विकासराज आचार्य निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शनको तयारीमा छ । बाल र युवापुस्ताको प्रेमकथामा आधारित यो फिल्म नाइँ नभन्नु लको छैटौं श्रृंखला हो । विष्णुमणि दाहालसँग मिलेर विकासले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?