
२१ चैत, वीरगञ्ज। नेपाल टेलिकमको वीरगञ्जस्थित प्रादेशिक निर्देशनालय मधेश प्रदेशले कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेको छ ।
निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै कार्यालय परिसरमा फोहोर फाल्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
प्रादेशिक निर्देशनालयको कम्पाउण्ड भित्र चैत २१ गते गते बिहान ९ :१५ बजे अचानक १५-२० जना अनिाधिकृत व्यक्तिहरुको समूहले प्रादेशिक निर्देशनालयको मूल ढोकाका गार्डहरुलाई धम्क्याइ कार्यालयको कम्पाउण्डभित्र ५-७ हेक्टर फोहोर फालेको र उक्त समूहले आफूहरुलाई वीरगञ्ज महानगरको कर्मचारी भनी गएको पत्रमा उल्लेख छ ।
कार्यालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको तथा कार्यालयको कर्मचारीहरुमा डर त्रासको वातावरण सृजना भएको टेलिकमले जनाएको छ ।
पत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन र अमर्यादित र अमानवीय कार्य गर्ने पक्षहरुलाई कानून बमोजिम कारबाही गरी कार्यालयको काम गर्ने वातावरण सहज बनाइदिन भनिएको छ ।
मंगलबार बिहान वीरगञ्ज महानगरपालिकाले ७ टेयाक्टर फोहोर कार्यालय परिसरमा ल्याएर फालेपछि टेलिकमका कर्मचारीहरु तनावमा छन् ।
कार्यालयका निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले कानूनी राज्य नै नभएको अनुभूति भएको बताए ।
‘कतै कतै तार लत्रेको, खाल्डाखुल्डी भएको छ, हामी काम गरिरहेका छौं । कतै ढिलासुस्ती भएको छ भने कसरी चाँडो गर्ने भनेर लागि रहेकै छौं । समन्वय नै नगरी गार्डलाई धम्क्याएर ढोका जर्बजस्ती छिरेर फोहोर फालिदिएछन् ।’
उनले भने, ‘पोलमा चढेर तार लत्रेको होला, लठी, ढुंगा वा गोली हानिदिने ? कानुनी राज्य नै छैन जस्तो भएन र ? ७-८ किलोमिटरमा अढाइ सय मिटर बाँकी छ । नगर्ने भनेको छैन नि ?’
हेर्नुहोस् टेलिकमको विज्ञप्ति :
प्रतिक्रिया 4