
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले बूढानीलकण्ठ, काठमाडौंमा अवस्थित मेराकी होलिस्टिक वायरलेस रिट्रिटका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन् ।
यसैगरी जावलाखेल र ललितपुरमा अवस्थित बर्गर स्याकका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउनेछन् भने बुटवल उपमहानगरपालिका, अमरपथमा अवस्थित समृद्धि हायर ड्रेसिङ सेलुन एन्ड एकाडेमीका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित छोटु युनिसेक्स सेलुन प्रालिका सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4