+
+

विराटनगरमा लघुवित्त पीडितको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:१९

२१ चैत, विराटनगर ।  लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले विराटनगरमा धर्ना दिएका छन् । ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका हुन् ।

जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे । लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडित भेला भएर अनिश्चितकालीन धर्ना सुरु गरेको ईश्वर खवासले जानकारी दिए ।

जीवन निवार्हका लागि लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण समस्यामा परेको उनले बताए ।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई बिना ब्याज ऋणको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?