
२१ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरु सहभागी छन् ।
बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेमा १० दल रहे पनि उपराष्ट्रपति निर्वाचनदेखि गठबन्धनमा फाटो आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4