+
+

शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेजको भुक्तानी इसेवाबाटै गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १९:४३

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिद दुवै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

इसेवा एप तथा वेबपेजमा रहेको फाइनन्सियल सर्भिस भित्र गएर इन्भेस्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपी/युनिट पर्चेज खरिद गर्न सकिने छ । एसआईपी/युनिट पर्चेज खरिद गर्न क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको छ ।

साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी-सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । यस कार्यक्रम अन्तर्गत, वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेज उपयोगी हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?