+
+

मोरङमा लघुवित्तका कर्मचारीले हातपात गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १२:१२

२२ चैत, विराटनगर। फरवार्ड लघुवित्त वित्तीय संस्थाकी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीमाथि हातपात गरेको आरोपमा मंगलबार बेलुका नियन्त्रणमा लिएर छाडेको हो ।

बुढीगंगा गाउँपालिका-२ स्थित गंगा चोकमा मंगलबार फर्वाड लघुबित्तकी कर्मचारी अनिता थनदारले लघुवित्तकी सेवाग्राही ३५ वर्षीय गौरा खवासलाई हातपात गरेको आरोप छ ।

मंगलबार बेलुका हातपात गरेको भन्दै भेला भएका स्थानीयले होहल्ला गरेपछि इलाका प्रहरी कार्यालय नेमुवाबाट पुगेको प्रहरी टोलीले थान्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले विवाद गर्ने दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुधबार (आज) आउने गरी छाडिएको बताए ।

सेवाग्राही र कर्मचारीको विवादका विषयमा दुवै पक्षलाई बोलाएर अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?