+

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

२०७९ चैत  २२ गते १२:२२ २०७९ चैत २२ गते १२:२२
दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

२२ चैत, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् ।

उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् ।

साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी उनी त्यसपछि विभागीग क्लब त्रिभुवन आर्मीमा आबद्ध भइन् ।

रेनुका नगरकोटी घाइते भएपछि दीपाले साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा रहँदै भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

उनले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि उच्च प्रदर्शन गरेकी थिइन् ।

जसका कारण राष्ट्रिय टिममा आएको छोटो समयमा नै दीपाले विदेशी लिगमा अनुबन्ध हुन पाएकी हुन् ।

दीपाले पहिलो पटक विदेशी लिग खेल्ने अवसर पाएकोमा खुसी लागेको बताइन् । ‘पहिलो पटक पाएको अवसरको सदुपयोग गर्नेछु । छोटो समयमा नै विदेशी लिग खेल्न पाएको छु । अझ मेहनत गर्दै उक्त स्थानमा आफूलाई प्रमाण्ति गर्नेछु’, दीपाले अनलाइनखबरसँगको कुराकानीमा भनिन् ।

नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन् ।

सावित्राली सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन् । अनिताले सावित्रासँगै खेल्दा सेथुबाट लिग जितेकी थिइन् ।

यसपटक पनि गोकुलमले सावित्रालाई अनुबन्ध गरिसकेको छ । लिग भने अप्रिल २५ बाट सुरु हुँदैछ । जसमा १६ टिमको सहभागिता रहनेछ । १६ टिमलाई दुई समुहमा विभाजित गरी लिग सञ्चालन हुनेछ ।

दीपा शाही
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय