
२२ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर शीतल निवास फर्किएका हुन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।
पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। शुक्रबार उनको अल्ट्रासाउन्ड, एक्सरे र रगत जाँच गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4