+
+

कार्यव्यवस्था समितिमा २१ सदस्य रहने, कुन दलका कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १४:३४

२२ चैत, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा २१ जना सदस्य रहने भएका छन् ।

प्रतिनिधि सभाको बैठकको कार्यसूची निर्धारण गर्ने समितिमा सभामुख, उपसभामुख, संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सांसदहरुको प्रतिनिधित्व हुनेछ । सांसदहरुको प्रतिनिधित्व दलीय आधारमा हुनेछ । जसको संख्या बुधबार किटान गरिएको छ ।

बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक तथा दलका सदस्यहरुको प्रतिनिधिबीचको छलफलमा भएको सहमति अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसबाट ६ जना, एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना सदस्य रहनेछन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद पनि कार्यव्यवस्था परामर्श समितिमा रहनेछन् । तीबाहेक अन्य दल तथा स्वतन्त्र सांसदको तर्फबाट १ जना सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?