
२२ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकमा पार्किङ निषेध गरेपछि व्यापारीले बजार बन्द गराएका छन् ।
सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले विराटनगर मेन रोडका पसल बन्द गराएका हुन् ।
विराटनगर महानगरपालिकाले दुई महिना अगाडि मेन रोड र व्यस्त रहने भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।
पार्किङका लागि बैकल्पिक व्यवस्थापन गरेर सडकमा पार्किङ निषेध गरेको महानगरका मेयर नागेश कोइरालाको दाबी छ । तर महानगरपालिकाले पार्किङ निषेध गर्दा व्यापार घटेको भन्दै व्यापारीले केही दिनयता अवज्ञा गर्दै आएका छन् ।
व्यापारीले अवज्ञा गर्दै सडकमा राखेका सवारी साधनलाई महानगरपालिकाले लक गरेर राखेको छ । सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले बजार बन्द गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4