
२२ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले कुलेखानी जलविद्युत आयोजनाको जलासय इन्द्रसरोबरमा बेपत्ता एक व्यक्तिको शव फेला पारेको छ ।
ईन्द्रसरोवरमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका काठमाडौंका दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षका राजकुमार सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सुवेदी र्याफ्टिङ गर्ने क्रममा मंगलबार तालमा हामफालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4