+
+

ओलम्पिक छनोटमा नेपालविरुद्ध भियतनामलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १८:१५

२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल विरुद्ध भियतनामले अग्रता लिएको छ ।

दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गरेकी हुन् । यस्तै ३६ औं मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको छ ।

यस्तै ३७ औं मिनेटमा नेपालले आत्मघाती गोल गरेको छ । ४७ ‌औं मिनेटमा भियतनामले अर्को गोल थपेको छ ।

नेपालको मुख्य फरवार्ड सावित्रा भण्डारीसँगै अमिषा कार्की र रश्मिकुमारी घिसिङ छन् । दीपा शाही, अनिता केसी र सरु लिम्बुले मिडफिल्ड सम्हालेका छन् ।

डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरेले सेन्टर डिफेन्समा छिन् । विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्दै छन् ।

गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहेकी छिन् । नेपालले दोस्रो खेल शनिबार भियतनामसँगै खेल्नेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?