२२ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपालले भियतनामविरुद्ध गोल फर्काएको छ ।
४ गोलले पछि परेको नेपालका लागि ७९ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरेकी हुन् । खेलको ७९औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।
उनको गोल गरेपछि खेलमा नेपाल ४-१ ले पछि छ ।
यसअघअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गरेकी थिइन् ।
यस्तै ३६ औं मिनेटमा भियतनामले पेनाल्टीमार्फत गोल गरेको छ ।
यस्तै ३७ औं मिनेटमा नेपालले आत्मघाती गोल गरेको छ । ४७ औं मिनेटमा भियतनामले अर्को गोल थपेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4