+
+

चन्द्रागिरि हिल्समा सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १२:२९

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आगामी नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ ।

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काइ साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काइवाक तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिन सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षका लागि लागु हुने भएको छ ।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय छ । यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीलाई सन्ध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?