+
+

‘हात्तीछाप’मा जोडिए विल्सनविक्रम राई, लाहुरेको भूमिकामा देखिने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १३:४१

काठमाडौं । फिल्म ‘हात्तीछाप’को शीर्षमध्येको एक भूमिकामा अभिनेता विल्सनविक्रम राई अनुबन्धित भएका छन् । निर्माता किरण नेपाली र अभिनेता राईबीच विहिबार लिखित सम्झौता भएको छ । फिल्ममा विल्सनले लाहुरेको भूमिकामा अभिनय गर्नेछन् ।

विल्सनसम्म आइपुग्दा फिल्मको लाइनअप बलियो देखिएको छ । निर्माता नेपालीले बैशाख अन्त्यदेखि फिल्म छायांकन सुरु हुने जानकारी दिए । दयाहाङ राई ‘नांगो गाउँ’मा ब्यस्त भएकाले ‘हात्तीछाप’ले बैशाख अन्त्यलाई छायांकन मितिको रुपमा तय गरेको हो ।

यसवर्ष विल्सन अभिनित ‘आकाशे खेती’ र ‘हेलो जिन्दगी’ रिलिज भएका थिए । ‘कबड्डी ३’ पछिल्लो समयको उनको ब्लकबस्टर फिल्म हो । ‘हात्तीछाप’को कुरा गर्दा यसमा दयाहाङ र विल्सनसहित सौगात मल्ल, बुद्धि तामाङ, पुष्कर गुरुङ, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे लगायतको अभिनय हुनेछ ।

सिमोस सुनुवारले निर्देशन गर्ने हात्तीछापलाई प्रदीप भारद्धाजले लेखेका हुन् । कथाको सारांशबारे भारद्वाजले भने, ‘हात्तीछाप हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको कथा हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?