+
+

नेपाली बजारमा २५ औं वर्षको सफल लिडरसीप मनाउँदै बजाज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १६:३९

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसीपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३’ सफलतापूर्वक मनाएको छ । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मूल्यमा उपलब्ध गराउँंदै आएकोले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार ८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु पनि नेपालमै असेम्बल हुने गरेका छन् । नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ ।

त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधि र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको कम्पनीको भनाइ छ । मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको बजाजसँग उपभोक्ताहरुको आवश्यकता अनुसारको सवारी साधन उपलब्ध रहेको कम्पनीले बताएको छ ।

कार्यक्रममा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले रजत उत्सव मनाउन पाउँदा खुशी लागेको बताए । उनले भने, ‘आफ्नो स्थापनाकालदेखि आजसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं । हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ ।’ कर्मचारी एवम् डिलरहरूको कडा परिश्रम र समर्पण एवम् ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको भन्दै उनले सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय रहेको छ । नवीनता, गुणस्तर र सुपथ मूल्य जस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लञ्च गरेको कम्पनीले बताएको छ । जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १० हजार रुपैयाँसम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्न कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?