
काठमाडौं । आख्यानकार मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ । गौचनको यो तेस्रो कृति हो ।
कविता लेखनबाट साहित्य क्षेत्रमा पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिविहीनको प्रेम र जीवन झल्काउने उपन्यास ‘ह्वाइट केन’ प्रकाशित छन् ।
‘ह्वाइट केन’ प्रकाशित भएको आठ वर्षपछि उनले प्रतिवहन ल्याएकी हुन् । पुस्तकलाई इण्डिगो इन्कले प्रकाशन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4