
२३ चैत, भक्तपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।
बिहीवारबाट सुरू भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताए । उनले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उहाँलै मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ ।अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरुमा जोड दिनुपर्छ । कृषि सामग्रीहरु किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गर्नुपर्छ।’
मन्त्री भुसालले भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रश्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने बताए ।
सो अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा वाह्य पर्यटक लक्षित महोत्वस आयोजना गरिएको हो ।
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् ।
प्रतिक्रिया 4