
सुकुम्बासी वस्ती प्रवेश गर्ने सडक बन्द गर्दै स्थानीय बासिन्दा । तस्वीर : आर्यन धिमाल
२४ चैत, काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।
महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।
तर महानगरपालिकाको टोलीले डोजर अगाडि बढाउन सकेको छैन । महानगर प्रहरीले नदी किनारको अव्यवस्थित बस्ती हटाउन भन्दै सूचना निकालेकाेमा गत शुक्रबार अदालतले तत्काल नभत्काउन आदेश दिएको थियो ।
तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4