
२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र अवसरवादी भएको बताएका छन् ।
कांग्रेसमा संस्थापनइतरमा रहेका अर्थविद् डा. स्वर्णिम वाग्ले पार्टी परित्याग गरेपछि शेखरले उनी लक्षित टिप्पणी गरेका हुन् । सार्वजनिक सेवा कर्मचारी संघको सातौं महाधिवेशनमा बोल्ने क्रममा हरेक ठाउँमा अवसरवादी रहेको शेखरले बताए ।
‘तपाईंहरु पनि अवसरवादीहरुको घेरामा हुनुहुन्छ । सबै राजनीतिक दलहरु अवसरवादीहरुको घेरामा छौं’ कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘ती अवसरवादीहरुलाई टाढा पार्न सकिएन भने देश झन् झन् बर्बाद भएर जान सक्छ ।’
अर्थतन्त्र कस्तो हुने बताउन नसके पनि पाकिस्तान र श्रीलंकाको अवस्था नेपालमा नआउने शेखरले दाबी गरे । श्रीलंकामा विदेशी मुद्राको सञ्चितिका कारण आर्थिक संकट आएको उनले बताए ।
‘रेमिट्यान्सबाट विदेशी सञ्चिति रकम आएको हुनाले दश महिनाको लागि हामीसँग विदेशी मुद्राको सञ्चिति छ’, नेता शेखरले भने ।
प्रतिक्रिया 4