२४ चैत, काठमाडौं । माओवादी नेता पोष्टबहादुर बोगटीको सम्झनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कर्भड हलमा २८ चैतदेखि २ वैशाखसम्म भलिबल प्रतियोगिता हुन लागेको हो ।
नेपाल भलिबल संघसँगको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भलिबल टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख र चौथो टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट सर्भर, स्पाइकर, सेटर, लिबेरो, ब्लक र प्रशिक्षकले १०÷१० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले भने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
५२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदले २० लाख रुपैयाँ बाँकी खर्च पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान र विज्ञापनबाट संकलन गर्ने तयारी छ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
प्रतिक्रिया 4