
२४ चैत, काठमाडौं । नयाँ बानेश्वरमा दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरका ५३ वर्षका पुरुषले मर्छु भन्दै पेट्रोल बोकेर हिँडेको भेटेपछि नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पारिवारिक समस्याका कारण उनले यस्तो गतिविधि गरेकाले सम्झाई बुझाई पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4