
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौंस्थित न्यूरोडमा अवस्थित बर्फी स्वीट्समा १० प्रतिशत छुट पाउने भएका छन् ।
केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।
उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र बर्फी फुड्सका सहसंस्थापक प्रिया तयालले हस्ताक्षर गरे ।
एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकर्ताहरुले बर्फी स्वीट्स एण्ड फुड्सबाट मिठाइका परिकारहरु खरिद गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4