
जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षक डा. राजु अधिकारीद्वारा लिखित तीन पुस्तक ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ एकसाथ लोकार्पण गरिएको छ ।
काठमाडौंको पेप्सीकोलास्थित अक्षरा स्कुलमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलिया, संस्कृतिविद् डा. गोविन्द टन्डन, साहित्यकार डा. तुलसी भट्टराई र प्रेश काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुस्तक लोकार्पण गरेका हुन् ।
लोकार्पणसँगै वक्ताहरूले उल्लिखित तीन फरकफरक पुस्तकमा आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा डा. गोविन्द टन्डनले अधिकारीको ‘संस्कारी बन्ने काइदा’ पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गर्दै पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए ।
कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गर्दै पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने बताए ।
लोकार्पण कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले असल संस्कारको आवाश्यकता पत्रकारितालगायत सबै क्षेत्रलाई परेको बताए ।
लेखक डा. राजु अधिकारीले लोकार्पित किताबहरूमा एउटाले भित्री जीवनलाई सिँगार्ने, अर्कोले बाहिरी जीवन सिंगार्ने र तेस्रोले सबैले सबैलाई जोड्ने अर्थात् आफूले अरुसँग जोड्ने काम गर्ने दाबी गरे ।
प्रतिक्रिया 4