
झरेको हेलिकप्टरको पंखा ।
२५ चैत, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको छ ।
हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हेलिकप्टर डाक्टर लिएर विरामी लिनका लागि भरतपुर जानका लागि विमानस्थलबाट ह्याम्स अस्पतालमा गएको विमानस्थल स्रोतले जनाएको छ ।
हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेको र यो घटनाबाट कसैलाई पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4