२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान एवं गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्बा खेलपछिको पत्रकार सम्मेलनमै रोएकी छन् ।
पेरिस ओलम्पिक २०२४ को छनाट मा शनिबार भएको दोस्रो खेलमा नेपाल २–० ले पराजित भएको थियो । यससँगै समग्रमा ७–१ को हार व्यहोरेर नेपाल ओलम्पिक छनोटबाट बाहिरिएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले छैटौं र सातौं मिनेटमा गोल खाएको थियो । गोलरक्षक र डिफेण्डरबीच समन्वय नहुँदा नेपालले खानु नपर्ने गोल खाएको थियो ।
दोस्रो हाफमा गोलकिपर परिवर्तन गरेपछि नेपालको खेल सुधारिएको थियो । तर सब्सिच्युट हुने क्रममा एन्जेला भावुक बनेकी थिइन् ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे प्रश्न गर्दा उनी भावुक बनिन् । ‘डिफेन्सर र किपरलाई नराम्रो कमेन्ट आएको थियो, हामी चाहिँ गोल खाँदैनौं भन्ने थियो….’ यति भन्नासाथ उनको आँखा रसायो ।
प्रशिक्षक अनन्त थापाले भने उनको बचाउ गरे । एन्जिनाले फुटबलमा हुने गोल नै खाएको र उनी फाइटर भएको अनन्तले बताए ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4