+

म्यानचेष्टर सिटीको जितमा हालान्डको दुई गोल

२०७९ चैत  २६ गते ७:१४ २०७९ चैत २६ गते ७:१४
म्यानचेष्टर सिटीको जितमा हालान्डको दुई गोल

२६ चैत, काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राट्टी साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ ।

यस जितपछि शीर्ष स्थानको आर्सनलसँग अंकदूरी ५ मा झार्दै सिटीले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

लिगमा आइतबार आर्सनलले लिभरपुलसँग खेल्दैछ ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा सिटीका लागि हालान्डले ४५औं र ६८औं मिनेटमा गोल गरे । दुई गोलसँगै हालान्डले यस सिजन लिगमा ३० गोल गरिसकेका छन् ।

ज्याक ग्रिलसले ५८औं र युलियन अल्भारेजले ७५औं मिनेटमा गोल गरे । साउथह्याम्पटनका सर्कुउ माराले ७२औं मिनेटमा एक गोल फर्काए ।

जितपछि सिटीले २९ खेलबाट ६७ अंक जोडेको छ । शीर्ष स्थानको आर्सनलको समान खेलबा६ ७२ अंक छ ।

साउथह्याम्पटन ३० खेलबाट २३ अंकसहित पुछारमा छ ।

एर्लिङ हालान्ड म्यानचेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय