+

सात वर्षपछि थ्रीस्टार फर्किए सन्तोष साहुखल

२०७९ चैत  २६ गते ७:३७ २०७९ चैत २६ गते ७:३७
सात वर्षपछि थ्रीस्टार फर्किए सन्तोष साहुखल

२६ चैत, काठमाडौं । ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् ।

लिगमा एक सय गोल गर्ने एक मात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो । पाटने क्लबले शनिवार सामाजिक सञ्जालमार्फत साहुखललाई अनुबन्ध गरेको जनाएको छ ।

साहुखलले गत सिजन च्यासल युथ क्लबबाट लिग खेलेका थिए । हाल जापानमा बस्दै आएका उनी लिगका बेला नेपाल आएर खेल्ने गर्छन् ।

उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

जारी लिगमा थ्रीस्टार ६ खेलबाट १० अंकसहित छैटौं स्थानमा छ ।

थ्रीस्टार सन्तोष साहुखल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय