+
+

४ वटा संसदीय विषयगत समिति सभापतिमा एमालेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ११:१०

२६ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत गठन हुने ४ वटा ४ वटा संसदीय विषयगत समिति सभापतिमा दाबी गरेको छ ।

‘संसद जनताको जनमत अनुसारको प्रतिनिधित्व भएको थलो हो । त्यसभित्र रहने संयन्त्रहरुमा पनि दलीय उपस्थितिका आधारमा प्रतिनिधित्व हुनुपर्दछ’ एमालेका प्रमुख सचेतक पदम गिरीले अनलाइनखबरसित भने ।

प्रतिनिधिसभा नियमावली २०७९ अनुसार १० वटा विषयगत समिति गठन हुनेछन् । त्यसमध्य सार्वजनिक लेखा समितिको नेतृत्व प्रतिपक्षी दलको हुने अभ्यास छ । सार्वजनिक लेखा समितिसहित ४ वटा समिति सभापति आफूहरुले पाउनुपर्ने एमालेको दाबी छ ।

समिति गठन भएपछि नेतृत्व चयन प्रक्रिया शुरु हुन्छ । सहमति नजुटे बहुमतका आधारमा नेतृत्व चयन गर्ने कानुनी व्यवस्था छ । संसदमा सत्ता पक्षको बहुमत हुने भएकाले संसदीय विषयगत समितिमा पनि सत्तापक्षकै बहुमत हुन्छ ।

बहुमतका आधारमा सभापति चयन गर्ने अभ्यास विगतमा पनि हुँदै आएका छन् । तर, बहुमतको आधारमा प्रमुख प्रतिपक्षी दललाई एउटा समिति सभापतिमा सीमित गर्ने अभ्यास उचित नभएको एमालेको तर्क छ ।

‘बहुमतको आधारमा सबै समिति सभापति सत्ता पक्षले लिने कुरा लोकतन्त्र हुन सक्दैन्’ गिरी भन्छन, ‘संसदमा उपस्थित जे छ त्यस अनुसार विषयगत समितिको पनि नेतृत्व हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?