+
+

बेनिशाको ‘प्रेमगञ्ज’ वैशाख १ देखि ओटीटीमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते ११:५९

काठमाडौं । हलमा प्रदर्शन भइसकेको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । दर्शकले यो रोमान्टिक फिल्मलाई नयाँवर्षको अवसरमा सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका छन् । व्यावसायिक रुपमा हिट नभएपनि फिल्म हेरेका दर्शकबाट यसले प्रशंसा प्राप्त गरेको थियो ।

नयाँवर्षको पूर्वसन्ध्यामा ‘खेलौना’ बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा हेर्न नपाएका दर्शकलाई लक्षित गरी फिल्म रिलिज गर्न लागेको जानकारी गराएको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्छ ।

फिल्ममा तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिका छ । यसबाहेक फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन् । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?